उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपाका नेता लेखराज भट्टले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुत्दा पनि प्रधानमन्त्री भएकै सपना देख्ने गरेको बताएका छन्।
मन्त्री भट्टले अहिले नै प्रधानमन्त्री चाहियो भनेर प्रचण्डले केटाकेटीपन देखाएको आरोप लगाएका छन्। नेकपाको ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले भने, ‘राति सुत्दा पनि प्रचण्ड प्रधानमन्त्री भएको नै देख्नुहुन्छ।’
मन्त्री भट्टले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आमचुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छुभन्दा पनि प्रचण्ड र नेता माधवकुमार नेपाल लगायतले धैर्य गर्न नसकेको टिप्पणी गरे।
‘केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरिरहनु भएको छ,’ मन्त्री भट्टले भने, ‘पछिल्ला घटनाक्रमले नेताहरूमा विचलन आएको पुष्टि भएको छ।’