प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको तर्क गरेका छन्।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डमाथि कटाक्ष गरेका हुन्। ‘प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रह्यो,’ ओलीले भने।
ओलीले प्रचण्डको प्रवृत्ति धृतराष्ट्रलले जस्तो अंगालो मारेको जिकिर गरे। ‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर तीन वर्ष सम्झाएँ, तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा,’ ओलीले भने।
अन्त्यमा प्रचण्डले नै पार्टी फुटाउन लागेको ओलीको आरोप थियो। ‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै, अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ,’ ओलीले भने।