नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले विगतका गल्ती सच्याएर आए प्रचण्ड र माधवकुमार नेपाललाई पार्टीमा अझै पनि ठाउँ रहेको बताएका छन्।
नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै नेता पौडेलले प्रचण्ड–नेपालले गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओलीलाई लगाएको आरोप फिर्ता भएमा पार्टीमा उनीहरुलाई स्थान रहेको बताएका हुन्।
पौडेलले पार्टी एकताका लागि प्रयासरत रहेको जानकारी दिएका छन्। त्यस्तै, उनले पुस ५ गते झुक्याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने र सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने गलत चेष्टा भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको जानकारी दिए।