नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ।
बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन्। उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।
बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए।