मुकेश अम्बानी र ज्याक मालाई पछि पार्दै चीनका झोङ सानसान एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्। सानसान आफ्नै देशका ज्याक मालाई र भारतीय अम्बानीलाई उछिन्दै सन् २०२० मा एसियाका धनी व्यक्ति बनेका हुन्।
बुल्मवर्गले प्रकाशित गरेको बिलिनियर्सको सूचिमा झोङ पहिलो पटक एसियाका धनी व्यक्ति बन्न सफल भएका हुन्। उनी चीनमा वाटर किङ नामले परिचित छन्।
च्याउ खेतीबाट जीवन यात्रामा अघि बढेका झोङले पत्रकारितासमेत गरेका थिए। ब्लुम्बर्गको इन्डेक्स अनुसार सन् २०२० मा झोंगको सम्पती बढेर ७७ दशमलव ८ अरब डलर भएको छ।
बिजिङ वेन्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज कम्पनीबाट अप्र्रिलमा उनले भ्याक्सिन विकसित गरेका थिए। त्यसको केही महिना पछि उनले बोतल बन्द पानी बनाउने हङकङको सबैभन्दा लोकप्रिय कम्पनी नोंगफु स्प्रिङको स्थापना गरेका थिए।