प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको अधिकार नै नभएको बताएका छन्।
बिहिबार दिउँसो विभिन्न चार राजनीतिक दलसँग आबद्ध महिला संगठन तथा सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले यस्तो धारणा रखेका हुन्।
अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए। उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धतासमेत व्यक्त गरे।
आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग वृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेकोसमेत सभामुख सापकोटाले बताए।