नेपाल विद्युत प्राधिकरणले विगत तीन वर्षदेखि लोडसेडिङ अन्त्य गरिसकेको र अब गर्नुपर्ने अवस्था नआएको बताएको छ।
प्राधिकरणको आन्तरीक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरि विद्युत माग बराबरको आपुर्ती गरिरहेकाले लोडसेडिङ नहुने बताएको हो।
सञ्चारकर्मीहरुले केहीदिन देखि लोडसेडिङ भएको भन्दै समाचार प्रकाशित गरेकोमा विद्युत प्रधिकरणको ध्यानार्कषण भएको हो। राष्ट्रिय विद्युत प्रणलीमा केही भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समयको लागि विद्युत प्रसारणमा अवरोध पुगेको विद्युत प्रधिकरणले जानकारी दिएको छ।
बिहीबार विद्युत् प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरि विद्युत् प्रणलीमा आएको प्राकृतिक वा आकस्मिक समस्याहरुको समाधानका लागि केही समयका लागि विद्युत आपुर्ती काटिने जानकारी दिएको छ।