विशेष अदालत काठमाडौंले ललिता निवासको सरकारी जग्गा व्यक्तिकाे नाममा लिएको प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाललाई धरौटीमा रिहा गरेको छ।
शोभाकान्तसँग ९१ लाख २० रुपैयाँ विगो असुलीको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो मुद्दा दायरपछि उनी विशेष अदालतमा उपस्थित भएकी थिइन्।
विशेष अदालतमा बिहीबार भएको थुनछेक बहसपछि २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।