वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको–मकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको ‘मकवानपुरगढी पत्रकार समाज’ संस्था स्थापना भएको छ।
हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ। समितिको उपाध्यक्षमा मनोज देवकोटा, सचिव श्रीराम अर्जुन दाहाल, कोषाध्यक्ष नवीन तिमल्सिना (रेवती), सहसचिव सुनसानी थिङ रुम्बा, सदस्यमा राज सापकोटा, सञ्जीव सुनार र भुवन घलान (सोमलाल) रहेका छन् भने एक सदस्यपछि थप हुने जनाइएके छ।
सामाजिक संस्थाको रुपमा स्थापना भएको यस संस्थाको विधान तयार गरी यसै महिनाभित्र सम्बन्धित निकायमा दर्ता गरिने तदर्थ समितिका अध्यक्ष दाहालले बताए। मकवानपुरगढी गाउँपालिकामा पत्रकार महासङ्घबाट सदस्यता प्राप्त गरेका र नगरेका गरी ३२ जना पत्रकार क्रियाशील छन्।