इन्डोनेसियामा प्रहरीले एक पुरुष नर्सलाई पक्राउ गरेको छ। कोरोना संक्रमित व्यक्तिसँग यौन सम्बन्ध राखेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
ती पुरुष नर्सले कोरोना संक्रमित अर्का पुरुषसँग अस्पतालको शौचालयमा यौन सम्बन्ध राखेका थिए। संक्रमित पुरुष अहिले पनि अस्पतालमै उपचाररत छन्।
इन्डोनेनिसयाको नर्स एसोसिएशनले यो घटना निकै अकल्पिनीय भएको बताएको छ। प्रहरीले नर्स पुरुषलाई पक्राउ गरेर हिरासतमा राखेको छ। समाचार एजेन्सीका अनुसार दुबैले समलैंगिक सम्बन्ध स्वीकार गरेका छन्।
ती कोरोना संक्रमितले वाट्सएप म्यासेजको स्क्रीनसर्ट सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना बाहिरिएको हो। जाकर्ता प्रहरीले दुबैमाथि सामाजिक सञ्जालको तस्वीरलाई लिएर प्रोनोग्राफीमा मुद्दा चलाउने तयारी गरेको समाचारमा उल्लेख गरिएको छ।