राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरेको परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको हो।
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ। बिहीबार सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो।