पार्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबलमा उमेरले खासै फरक नपार्ने बताएका छन्। बढ्दो उमेरलाई आफ्नो सफलतामा बदल्ने लक्ष्य रहेको बताउँदै रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेल्न सक्ने जानकारी दिएका हुन्।
‘उमेरले फरक पार्दैन। पार्छ त केवल दिमागले,’ बीबीसीसँग रोनाल्डोले भने, ‘यदि क्रिस्टियानो राम्रो छ भने त्यसले केही फरक पार्दैन। भोलि के हुन्छ, कसैलाई पनि थाहा छैन। म वर्तमानमा बाँच्छु र वर्तमानलाई विश्वास गर्छु।’
‘यो पल राम्रो छ। म खुशी छु, तिखारिएको छु। म आशा गर्छु कि धेरै भन्दा धेरै वर्ष फुटबल खेल्न सक्छु,’ उनले थपे, ‘तर, भोलि कसैलाई थाहा छैन।’
‘फ्यानहरुबिनाको स्टेडियममा खेल्न मन पर्दैन। यो त जोकरबिनाको सर्कसमा गएजस्तो भइरहेको छ,’ रोनाल्डोले भने। उनले पोर्चुगलको तर्फबाट सन् २०२२ को विश्वकफ खेल्न आतुर रहेको आशय व्यक्त गरे।