नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने तयारी गरेककाे छ।
शनिबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा नेताहरुबीच कार्यक्रमको स्वरुपबारे छलफल हुने भएको छ।
छलफपछि पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने भएकाे हाे।
प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो।
अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए।