नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हरिकेन्सबाट मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन्। अष्ट्रेलियामा जारी बिग ब्यास लिग २०२०/२१ अन्तर्गत २३ औं खेलमा सन्दीपले होबार्ट हरिकेन्सबाट डेब्यू गर्ने भएका हुन्।
स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्। होबार्टका कप्तान पिटर ह्यान्डस्कोम्बले बुझाएको प्लेइङ ११ को सूचीमा सन्दीप छन्।
यस सिजन नयाँ टिम हुरीकेन्समा आबद्ध सन्दीपले ६ खेल गुमाएका थिए। अष्ट्रेलिया पुगेपछि १४ दिन क्वारेन्टिन बसेको कारण सन्दीपले सुरुवाती खेल गुमाएका हुन्।