बारामा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट वयस्क बाघको मृत्यु भएको हो।
हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई शनिबार बिहान ७ः२० मा ठक्कर दिएको थियो।
कारको ठक्करबाट १० वर्षको पाटे बाघको राजमार्गमै मृत्यु भएको हो। कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ।
मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ प्रहरीले जानकारी दिएको छ।