अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र एक बालकको फोटो निकै भाइरल भएको छ। फोटोमा बाइडेन बालकको अगाडि घुँडा टेकेर उभिएका छन्।
कतिपयले ती बालकलाई केही समयअघि सेतो जातिका अमेरिकी प्रहरीद्वारा हत्या गरिएका कालो जातिका व्यक्तिको छोरी भएको प्रचार गरेका छन्। र, अमेरिकी राष्ट्रपति बाइडेनले घुँडा टेकेर ती बालिकासँग उनको बाबुको हत्याका लागि माफि मागेको भनी प्रचार गरिएको छ। तर, यो प्रचारबाजी गलत भएको पुष्टि भएको छ।
न ती बालक मारिएका काला जातिका अमेरिकी नागरिककी छोरी हुन्, न जो बाइडेन नै उनीसँग माफि मागिरहेका छन्। ती बालक डेट्रोइटस्थित एक पसल साहु क्लेमेन्ट ब्राउन जेआरका छोरा हुन्। र जेआरले प्रहरीले आफ्नो परिवारको कसैलाई नमारेको प्रष्ट पारेको ‘इन्डिया टुडे एन्टी फेक न्यूज वार रुम’ ले जानकारी दिएको छ।
उक्त फोटो बाइडेन चुनावी क्याम्पियनका लागि जाँदा खिचिएको फोटो हो। उक्त फोटो जो बाइडेनले सेप्टेम्बर १५ मा आफ्नो इन्स्टाग्राममा पोष्ट गरेका थिए। फोटोमा देखिएका सानाे व्यक्ति बालिका नभएर बालक सिजे ब्राउन हुन्।