नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ। निरञ्जनको दिल्लीको म्याक्स अस्पतालमा आइतबार बिहान निधन भएको हो।
निरञ्जन कोरोना संक्रमण भएपछि लामो समयदेखि दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइरहेका थिए। फोक्सो र मृगौलामा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
स्रोतका अनुसार उनको आइतबार साँझ ४ बजे भारतको दिल्लाीमा रहेको निगमबोध घाटमा अन्त्येष्टी गरिनेछ। निरञ्जन केशव कोइराला र नोना कोइरालाका जेठा छोरा हुन्।
निरकुंश पञ्चायती व्यवस्थामा राजनीतिमा सक्रिय निरञ्जन पछिल्लो समय आफ्नै व्यवसाय गर्दै आएका थिए। डा.शेखर केही दिनदेखि दिल्लीमा नै रहेका छन्।