प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा अोलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षका नेताहरुमाथि असहिष्णु अभिव्यक्ति दिएका छन्। उनले प्रचण्ड नेपाल पक्षका नेताहरुलाई शहीद भए श्रद्धाञ्जली दिन हुन्थ्यो भन्दै कटाक्ष गरेका हुन्।
अनेरास्ववियूको भेलालाई काठमाडौंको कार्की बैंक्वेटमा सम्बोधन गर्दै ओलीले आफूसँग छुट्टिएर प्रचण्ड नेपालतिर गएका नेताहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक नरहेको बताएका छन्। ओलीले ती नेताहरुले दुर्गन्ध फैलाउने र आफूहरुले त्यहाँ अत्तर छर्किनुपर्ने बताएका हुन्।
अराजनीतिक कटाक्षपछि उनले प्रचण्ड–नेपाल पक्षका नेतालाई आफूतिर आउन आग्रहसमेत गरे। नेताहरुमा कुर्सीको पीर भएकाले कुर्सी यथावत् राखिएको जानकारी दिँदै ओलीले उनीहरु नआएपनि अभियान अगाडि बढ्ने बताए।