नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
बैठकले निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ। पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ।
त्यस्तै कांग्रेसले माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६ हजार ७४३ वटै वडामा विराेध तथा प्रदर्शनको कार्यक्रम तय गरेको छ।