नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचार गर्न सोमबार भारतको मुम्बई लगिएको छ।
नेपाल एयरलाइन्सको उडानबाट सोमबार बिहान ११ बजेर २० मिनेटमा प्रचण्डको परिवारका सदस्य मुम्बई प्रस्थान गरेका हुन्। छोरीहरू रेणु दाहाल र गंगा दाहाल पनि आमाको उपचारका लागि मुम्बई गरेका छन्।
मुम्बईस्थित न्यूरो ब्रेन एन्ड स्पाइन इन्स्टिच्यूटमा सीताको उपचार हुनेछ। सीतालाई पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन्। त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी भनिन्छ।
यो रोगको संक्रमण् भएमा मानसिक असन्तुलन हुने, हिँड्न, बोल्न र निल्न कठिन समस्या हुन्छ। मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरूको भनाई छ।
यसअघि गतसाता सीतालाई मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। पूर्वप्रधानमन्त्री प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका, सिंगापुर र भारतमा गरिएको थियो।