जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ का ३६ वर्षीय दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीय पदमबहादुर पुन रहेका छन्।
प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो। अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेकाे प्रहरीले जानकारी दिएकाे छ।उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्री बरामद गरिएकाे छ।
अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए।