नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएका कारण अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका छन्। बैठकका लागि आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा छन्।