डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति वरिष्ठता र कार्यदक्षताका आधारमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
डा. केसीले भ्रष्ट र विवादित पदाधिकारीहरूलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार विज्ञप्ति जारी गरी डा. केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
‘त्यसैले हामीसित सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ डा. केसीले भनेका छन्।
लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त्य हुनुपर्ने मागसहित संघर्षमा रहेको स्मरण गराउँदै डा. केसीले पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको प्रष्ट पारेका छन्।