इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित भएको छ। लिगको १७ औं खेलमा लिभरपुलले साउथह्याम्टनसँग १–० गोलको हार बेहोरेको हो।
सोमबार राति साउथह्याम्टनमा भएको खेलमा साउथह्याम्टनले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो। ड्यानी विङ्सले जेम्स वार्ड प्रोउजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
खेलको शुरुवातमै पछि परेको लिभरपुलले खेलमा फर्कन लगातार प्रयास गरेपनि असफल भयो। जारी सिजन लिगमा यो लिभरपुलको दोस्रो हार हो। हारसँगै लिभरपुल शीर्षस्थानमा ३ अंकको अग्रता बनाउनबाट चुकेको छ।
लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ। साउथह्याम्टन २९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।