एका बिहानै रगतले लत्पतिएको खुकुरी कोठामा थियो। नम्रता राईको शव कोठामै फेला पर्याे। आँगनमा स्थानीयबासी र छिमेकीहरुको भीड लागेको थियो। नाबालक छाेरीको अनुहारमा सन्त्रासको भाव प्रष्ट देखिन्थ्यो। मानसिक रोगी बुबा मौन अवस्थामा थिए।
इलामकाे देउमाई नगरपालिका–८ आमबोटेमा आफ्नै श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। २७ वर्षीया नम्रता राईको ३३ वर्षीय सुवास राईले मंगलबार बिहान ५:३५ बजे हत्या गरेका हुन्।
मानसिक रोगी राईले सामान्य घरायसी विवाद हुँदा श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। ‘राईकी ५ वर्षिया छोरी पनि छिन्,’ डिइसपी सुवेदीले भने, ‘साथै उनको परिवारमा बृद्ध आमा बाबु पनि छन्।