नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको टिप्पणी गरेका छन्।
मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको बताएका हुन्।
प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेकाहरूलाई ओलीले नेतृत्व गरेको भट्टराईले बताए। संविधान र मुलुक जोगाउन संयुक्त मोर्चा बनेर संघर्ष हुने उनले बताए।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छिटै मोर्चा बन्ने भट्टराईले विश्वास व्यक्त गरे।