नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डललाई पदबाट हटाइएको छ।
नेकपाको प्रचण्ड–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकले मण्डललाई कारबाही गरी दलको नेताबाट हटाउने निर्णय गरेको हो।
अब संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्। प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन्।
यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।