नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘संघर्ष मैत्रीपूर्ण होस्, शत्रुतापूर्ण नहोस् भनेर ओली समूहका नेतालाई संगठनबाट नहटाएको बताएका छन्।
मंगलबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले ओली समूहका नेताहरुलाई सच्चिने मौका दिनको लागि संगठनबाट नहटाएको बताएका हुन्। उनले संगठनमा बस्न दिनु ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको जानकारी दिएका छन्।
त्यस्तै, प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगबाट नेकपाको वैधानिकता आफूहरुले पाउने दाबी गरेका छन्। संवैधानिक निकायले स्वतन्त्र ढंगले काम गर्दा आफूहरु नै नेकपा हुने उनको भनाइ छ। संसद् पुनर्स्थापना हुनेमा शतप्रतिशत विश्वास रहेको पनि श्रेष्ठले बताए। संसद् पुनर्स्थापना नभएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि उनले जानकारी दिए।