काठमाडौंमा कैंचीले घोपर एक जनाको हत्या भएको छ। काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको हो।
मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेका हुन्। हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मा फर्पिङबाट पक्राउ परेका छन्।
कैंची प्रहारबाट घाईते भएका मियाँको त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पुरानो रिसिवीले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
मृतकले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई बयान दिएका छन्।