रिट निवेदकहरुले संसद् विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इजलास गठनको माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेको १२ वटा रिटमा विपक्षीहरुको लिखित जवाफ मागेर बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेवबहादुर केसीको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गरेका छन्।
संवैधानिक इजलासले अन्तिम व्याख्याका लागि वृहत पूर्ण इजलास गठनको आदेश दिनुपर्ने उनीहरुको माग छ।