नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम शुरु गरेको छ।
बुधबार अनेरास्ववियूले उपत्यकामा लाल्टिन जुलुस निकालेको हो। उपत्यकाबाहिर भने बुधबार सिट्ठी जुलुस आयोजना गरिएको अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले जानकारी दिए।
बुधबारको लाल्टिन जुलुसमा ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।
पुस २१ गतेदेखि अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम शुरु गरेको छ।