पोर्चुगलका एक स्वास्थ्यकर्मीको कोभिड–१९ खोप लगाएको दुई दिनपछि मृत्यु भएको छ। विश्व समुदायका लागि स्तब्ध पार्ने यो खबरले फाइजर बायोटेकको खोपको सुरक्षा र दक्षताबारे प्रश्न उठेको छ। बेलायतबाट प्रकाशित डेलीमेल अनुसार ४१ वर्षीया नर्स सोनिया असेभेडोलाई शुक्रबार (जनवरी १) आफ्नो घरमा ‘अचानक मृत्यु’ भएको हो।
फाइजर बायोटेकले बनाएको खोप लगाएको ४८ घण्टापछि उनको मृत्यु भएको हो। सोनिया असेभेडोलाई पहिले कुनै स्वास्थ्य समस्या नभएको र खोप लिएपछि कुनै साइड इफेक्ट पनि नदेखिएको समाचारमा उल्लेख गरिएको छ।
सोनियाले पोर्टोको बालचिकित्सक विभागमा पोर्चुगिज इन्स्टिच्युट अफ ओन्कोलोजीमा काम गर्थिन्। उनका दुई जना छोराछोरीहरु छन्। र उनी आफ्नो परिवारसँग बस्ने गर्थिन्। उनी अग्रपंक्तिकी स्वास्थ्य कार्यकर्ता भएकाले बुधबार (डिसेम्बर ३०) खोप लगाइएको थियो।
आफ्नी छोरीको मृत्युपछि स्तब्ध भएकी अबिलियो असेभेडोले सम्बन्धित अधिकारीहरूलाई उनको मृत्युको जाँच गर्न अनुरोध गरेकी छन्। आफूले मृत्युको कारण बारे ‘जवाफ चाहेको’ बताएकी छिन्।
उनकी आमाले पोर्चुगिज समाचार एजेन्सी कोरेयोका डा. मान्हासँग कुरा गर्दा उनी ठीक रहेको र कुनै स्वास्थ्य समस्या नरहेको बताएकी छिन्।
मृतक महिलाले कोभिड–१९ खोप लिएकी थिइन्। तर, मृत्युअघि कुनै लक्षण नदेखिएको उल्लेख गर्दै छोरीको मृत्युको कारण के जान्न चाहेको कुरा बताएकी छिन्।
जनवरी १, २०२१ मा पोर्टो आइपिओबाट एक परिचालन सहायकको अचानक मृत्युको सन्दर्भमा पोर्चुगिज इन्स्टिच्युट अफ ओन्कोलोजीले एउटा विज्ञप्ति जारी गरेको छ।
उक्त संस्थाका बोर्ड अफ डायरेक्टरले उक्त घटनाको पुष्टि गरेका छन्। ती महिलाको मृत्युको कारण यकिन नभए पनि अपुरणीय क्षति महसुस भएको बताउँदै परिवार तथा साथीहरूलाई प्रति पछुतो व्यक्त गरेका छन्।
यस्तै, अमेरिकाको फुड तथा ड्रग एड्मिनिस्सट्रेसन विभागका अनुसार भ्याक्सिन लगाएको २ सातादेखि मात्रै काम प्रभावकारी गर्ने छ।