भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोना भाइरस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ। भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन्। दिल्लीमा भने ४ हजार ५ सय ६२ जना सक्रिय संक्रमित रहेका छन्। यहाँ १० हजार ६ सय ९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ।