राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। बिहिबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन्।
नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन्।
प्रतिनिधिसभा विघटन भएपछि पहिलाेपटक १७ गते बसेको थियो। साे बैठकमा विभिन्न पार्टीका शीर्ष नेताले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका थिए।