इटालियन सिरी ए फुटबलमा बुधबार राती साविक विजेता युभेन्टसले एसी मिलानलाई नमिठो हार चखाएको छ। अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको मिलानलाई युभेन्टसले ३–१ गोलले लिगको पहिलो हार चखाएको हो।
युभेन्टसलाई जीत दिलाउन फेडेरिको किएजाले दुई गोल गरे। त्यस्तै, वेस्टन मकेनीले एक गोल गरे। मिलानका लागि डेविड कालाब्रियाले गोल गरेका थिए।
खेलको १८ औं मिनेटमा किएजाले युभेन्टसलाई अग्रता दिलाएका थिए। खेलको ४१ औं मिनेटमा मिलानका कालाब्रियाले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफको ६२ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई अग्रता पुनः अग्रता दिलाए। ७६ औं मिनटमा वेस्टनले गोल गर्दै युभेन्टसको जीत पक्का गरे।
सिरी ए मा एसी मिलानले पहिलो हार बेहो¥यो। हारपछि पनि मिलान १६ खेलबाट ३७ अंक बटुल्दै शीर्षस्थानमा छ। इन्टर मिलान १६ खेलबाट ३६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहँदा युभेन्टस् १५ खेलमा ३० अंकसहित चौथो स्थानमा छ।