स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३ सय रुपैयाँले ओरालो लागेको छ। पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ। यो बुधबारका तुलनामा एक हजार ३ सय रुपैयाँले कम हो। छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोही सुन बुधबार तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो। तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३ सय रुपैयाँले घटेको छ।
यस्तै चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ। प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय ३० मूल्य निर्धारण भएको छ।