राष्ट्रिय सभा हिउँदे अधिवेशनको दोस्रो बैठक आज शुरु भएको छ। बिहीबार दिउँसो १ बजेबाट शुरू भएको बैठकमा सांसदहरूले विशेष समय लिएर बोल्दै छन्।
आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।
त्यस्तै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन्।