स्पेनिस लिग ला लिगमा लगभग आधा खेलहरु सकिइसकेका छन्। झण्डै ५० प्रतिशत खेलहरु सकिएको लिगमा सर्वाधिक गोलकर्ता बन्ने दौड शुरु भइसकेको छ।
हालसम्मको स्थितिलाई हेर्दा मुख्य गरी ६ खेलाडी लिगमा सबैभन्दा धेरै गोल गर्ने रेसमा छन्। जारी सिजन लिगमा ४ खेलाडी बराबरी गोल संख्याका साथ शीर्षस्थानमा छन्।
सर्वाधिक गोलकर्ता बन्न बार्सिलोनाका कप्तान लियोनल मेसी, सेल्टा भिगोका स्ट्राइकर इगो अस्पास, भिल्लारियलका फरवार्ड जेरार्ड मोरेनो र एथ्लेटिको मड्रिडका स्ट्राइकर लुइस सुआरेजबीच कडा प्रतिस्पर्धा देखिएको छ।
चारै जनाले लिगमा समान ९ गोल गरेका छन्। इगो अस्पास, लियोनल मेसीले १७ खेल खेल्दै ९ गोल गर्दा जेरार्ड मोरेनोले १५ खेलबाट र सुआरेजले १२ खेलबाट ९ गोल गरेका हुन्। त्यस्तै, रियल मड्रिडका करिम बेन्जेमाले लिगमा ८ गोल गर्दै उनीहरुलाई पछ्याइरहेका छन्।