अमेरिकी कंग्रेसले जो बाइडेनलाई राष्ट्रपति भएको प्रमाणित अनुमोदन गरेको छ। कंग्रेसले प्रमाणित गर्दै अनुमोदन गरेसँगै उनी आधिकारिक रुपमा अमेरिकाको ४६ औ राष्ट्रपति भएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको नजितलाई स्वीकार गरेका छैनन्। वासिङ्टन डिसीमा जनवरी ६ मा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउँदा ४ जनाको मृत्यु भएको थियो। त्यसकारण बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्न केही ढिलाइ भएको हो।
कंग्रेसले बाइडेनलाईले प्राप्त गरेको मतलाई पुनः प्रमाणित गर्दै सयुक्त सदनमा मतदान हुँदा बाइडेनको विजयी भएको घोषणा गरेको हो। गत डिसेम्बर १४ मा पाएको जस्तै ३०६ निर्वाचकीय मत प्राप्त गर्दै उनी आधिकारिक रुपमा राष्ट्रपति भएका हुन्। आगामी जनवरी २० का दिन उनले सपथ ग्रहण गर्नेछन्। र
४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति थिए। उनीसँगै क्यालिफोर्नियाकि सिनेटर अस्वेत महिला कमला ह्यारिस उपराष्ट्रपति भएकी छिन्। ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने प्रथम महिला हुन्।
बाइडेनको जितसँगै अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्र्याट ५१ सिट(स्थान) र तल्लो सदन (प्रतिनिधि सभा)मा कूल २२२ सिट (स्थान )ल्याउन सफल भएको छ। यससँगै डेमोक्र्याटको दुबै सदनमा बहुमत भएको छ। अब बाइडेनलाई आफ्ना कार्यक्रम र आफ्ना मानिसहरु मनोनयन र नीतिका कुराहरु पारित गर्न सहज हुने अनुमान गरिएको छ।
जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हो। उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो। बाइडेन एक सफल अमेरिकी राजनीतिज्ञ मानिन्छन्। उनले सन् २००९ देखि सन् २०१७ सम्म ओबामाको कार्यकालमा उपराष्ट्रपतिको रूपमा काम गरेका थिए।