प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई गाली गलौज गर्ने समय नभएको बताएका छन्। ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले आँफु देश बनाउन हिँडेको र गाली गलौज गर्ने समय नभएको बताएका हुन्।
प्रचण्ड–नेपाल समूह गाली गलौजमा उत्रिएको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई दन्त मझान गर्न आवश्य नरहेको बताए। प्रधानमन्त्री ओलीले संसद् विघटनलाई असंवैधानिक भन्नेहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर संविधान पढ्न आग्रह गरेका छन्।
उनले नहुने कुरामा आफ्नो समय बर्बाद गरेर देशको लागि काम गर्न नदिएको आरोपसमेत लगाएका छन्। कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले चुनाव वैशाखमै हुने दाबी गरे। उनले प्रचण्ड–माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिए।
उनले ५० वर्ष अगाडी गणतन्त्रका लागि सडकमा उर्फिने आफू नै रहेको र त्यसैक्रममा १४ वर्ष जेल जीवन कटाउन परेको पनि बताएका छन्।