काठमाडौंको टोखामा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन्। टोखास्थित ग्रिन भिल्ला कोलोनीमा सुदीक्षा गिरी र उमेश केसी मरेको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनीहरु केहि दिनअघि मात्र अमेरिकाबाट नेपाल फर्किएका थिए। उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिएका छन्।
विष्टका अनुसार दुवैको शव पोष्टमार्टमका लागि शिक्ष्ण अस्पताल महाराजगन्जमा राखिएको छ। उनीहरु दुवै जना इन्जिनियर रहेको बताइएको छ। घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ। उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। तथापी, घटनाबारे अनुसन्धान भइरहेकाे र यसबारे यकिनसाथ केही भन्न सकिने अवस्था नरहेकाे प्रहरीले बताउकाे छ।