संसद् विघटनविरुद्ध नागरिक समाजले गरेकाे प्रदर्शनमा डा. गोविन्द केसी सहभागि भएका छन्। माइतीघरमा भएको प्रदर्शनमा डा. केसी पनि सडकमा आएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलेल संसद् विघटन गरेसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाजले त्यसको निरन्तर विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले देशैभर प्रदर्शन गरिरहेको छ। संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपाकै प्रचण्ड–नेपाल समूहले निरन्तर त्यसको विरोध गरिररहेको छ।