बार्सिलोनाका कप्तान लियोनल मेसी सिजनको अन्त्यमा लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी) जाने सम्भावना बलियो बनेको छ। मेसीले आफ्ना पूर्व सहकर्मी नेयमार जुनियरलाई आफू पीएसजीमा आबद्ध हुन चाहेको बताएका छन्।
ब्राजिलियन पत्रकार थियागो आसमरका अनुसार मेसीले नेयमारलाई पीएसजी आउन चाहेको बताइसकेका हुन्। नेयमारले यसअघि नै मेसीसँग खेल्ने चाहेको जानकारी गराएका थिए। युवा खेलाडीहरुको जमात रहेको पीएसजी अनुभवी खेलाडीलाई टिममा लिँदै सबैखाले प्रतियोगिता जित्ने सोचमा छ।
यसो त, अर्जेन्टाइन स्टार मेसीलाई क्लब भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि दौडमा छ। सिजनको शुरुवातमा मेसीले बार्सिलोना छोड्ने इच्छा व्यक्त गर्दा नै सिटीले मेसीसँग छलफल अघि बढाएको थियो।
मेसी र नेयमार मिल्ने साथी हुन्। खेल मैदानमा पनि उनीहरुबीच उत्कृष्ट तालमेल हुन्छ। मेसी जारी सिजन अराब शुरूवातका बाबजुत ला लिगाकाे सर्वाधिक गाेलकर्ताकाे दाैडमा छन्। उनकाे प्रदर्शन पनि प्रभावकारी नै छ। यसकारण पनि पीएसजी मेसीलाई त्रिभ्याउन अघि बढ्ने खेल पत्रकार थियागोले जानकारी दिएका छन्।