प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्वप्रधानन्यायाधीशलाई स्वतन्त्र न्यायालयलाई नधम्क्याउन चेतावनी दिएका छन्। चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तितिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई धम्की नदिन चेतावनी दिएका हुन्।
उनले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै न्यायपालिकाविरुद्ध नजान आग्रह गरेका छन्। सर्वाच्चको प्रधानन्यायाधीश भइसकेका मान्छेले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न नमिल्ने उनले जानकारी दिए।
प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने? भन्दै सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट? भनेर प्रश्न गरेका छन्। जसले जे चाहो त्यही हुने भए अदालतको अस्तित्व नै नहुने आशय उनले व्यक्त गरे।