प्रधानमन्त्री केपी शर्मा अोलीले आफू विभन्न जेल–नेल सहेर अनेक पल्ट मर्दै बाँचेको मान्छे भएकोले लोकतन्त्र मास्नलाई होइन रक्षा गर्न आएको बताएका छन्।
शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै उनले कतिपयले ओलीले चुनाव गराउँदैन भनेर हल्ला फैलाएको जानकारी दिए। देश निर्वाचनमय भइसकेको जानकारी दिँदै प्रधानमन्त्रीले ओलीले तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे।
‘आगामी २०७८ साल वैंशाख १७ गते र वैंशाख २७ गते नै चुनाव हुन्छ, तयारी थाल्नुहोस्। अब आँधिबेहरी ल्याउनुपर्छ,’ ओलीले भने, ‘निर्वाचन हुनेमा कोही पनि साथीहरू र देशबासीहरू अन्योल र भ्रममा नपर्नुस्।’