हेटौँडामा एक जनाको शव फेला भएको छ। हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आईतबार बिहान अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन।
बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।