राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी रहेको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्री परिषद् बैठकले आजै अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेे निर्णय गरेको हो।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारीबारे बैठकमा जानकारी दिए।
पत्र आए पुस १७ गतेदेखि शुरू भएको राष्ट्रियसभा अधिवेशन आजै अन्त्य हुने छ।