टर्कीमा अपराधको एक दर्दनाक घटना सार्वजनिक भएको छ। टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा एक परिवारले प्रेम विवाह गरेकी छोरीलाई फकाएर घर बोलाई हत्या गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २४ वर्षकी विल्दान इन्सको हत्या भएको हो। उनलाई परिवारले आफ्नै काकाको छोरासँग विवहा गर्न चाहेका थिए। तर, उनले त्यो विवाह प्रस्ताव अस्वीकार गरिन् र आफ्नो प्रेमी प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागिन्।
त्यसपछि युवतीको परिवारले उनीहरुको खोजी तीव्र बनाएको थियो। जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए।
आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए। घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको स्थानीय मिडिया रिपोर्टले जानकारी दिएको छ। उनका प्रेमीलाई बलात्कार गरेर घाँटी थिचेर मारिएको थियो। त्यसपछि शवलाई गाउँबाहिर लगेर खाल्डोमा गाडिएको थियो।
उता, लामो समयसम्म छोरोसँग सम्पर्क नभएपछि सेलिकको परिवारले छोरा पुलिसलाई खबर गरेका थिए। त्यसलगत्तै अनुसन्धानमा खटिएको प्रहरीले इन्स परिवारलाई सोधपुछ गरेको थियो। प्रहरी अनुसन्धानबाट हत्या सोही परिवारबाट भएको पत्ता लाग्यो।
पछि युवतीको परिवारले आफूहरुले हत्या गरेको र शव लगेर गाडेको स्वीकार गरेका थिए। शव बरामद भएसँगै प्रहरीले विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ।