नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन्।
जनकपुरधाममा नेकपा प्रचण्ड–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखेका हुन्।
उनले भने, ‘बहुमत हाम्रो पक्षमा रहेको छ, संसद् विघटन गरेर केपी ओलीले देशलाई संकटमा धकेले, आन्दोलनका लागि जुटौं।’
अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।