नेपालभरिका मेडिकल कलेजका विद्यार्थीको ‘राष्ट्रव्यापी न्यानो कपडा दान अभियान’ सञ्चालन गरेका छन्। ‘न्यानो बाडौं, खुशी बाडौं’ नारा तय गरी मेडिकल कलेजका विद्यार्थीहरूले कपडा वितरण गरेका हुन्।
यो कठ्याङ्ग्रिँदो जाडोमा न्यानो बाँड्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अभियन्ताहरूले बताएका छन्। साथै देशका दुर्गम ठाउँहरूमा कपडा वितरण गर्ने र स्वास्थ्य शिविरहरू गर्ने कार्यक्रम राखिएको विद्यार्थी समीक्षा अधिकारीले बताइन्।
विभिन्न मेडिकल कलेज र संस्थाको सहयोगमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेश्रो वर्षमा अध्यानरत विद्यार्थी कृष्णबहादुर चन्द सोडारी र अधिराज आचार्य तथा नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी पूजा रोकाया र समीक्षा अधिकारीले अभियानको संयोजन गरेका हुन्।
अभियान अन्तर्गत बल्खुवस्तीस्थित जागरण टोलका ५ सय घरधुरीका २ हजार जनालाई कपडा वितरण गरिएको छ। १५ उमेरसम्मका, १५ देखि ५० र ५० भन्दा माथिकालाई छुट्याएर कपडा वितरण गरिएको हो। कार्यक्रममा जागरण टोल सुधार समितिका अध्यक्ष हिमाल लामा र सचिव प्रज्ज्वल लिम्बूले बोलेको थिए।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज जोरपाटी, लुम्बिनी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, देवदह मेडिकल कलेज, जानकी मेडिकल कलेज र काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेजका विद्यार्थीहरू अभियानमा संलग्न छन्।
त्यसैगरी, ब्रिज रक्तदान तथा आकस्मिक प्रतिक्रिया समिति, स्टुडेन्ट नेटवर्क अर्गनाइजेसन नेपाल, लियो क्लब अफ काठमाडौं अम्पायर, पहिलो पाइला नेपाल, लियो क्लब अफ सामाखुशी, करुणा च्यारिटेबल सोसाइटी, युसिएमएस भैरहवा, आइओएम, पिएमआरएन, नेपाल मेडिकल कलेज रेडक्रस युथ सर्कलले पनि कार्यक्रम संयोजक तथा सहयोग गरेका छन्।
गण्डकी मेडिकल कलेज रोटेरेक्ट क्लब अफ पोखरा, गण्डकी मेडिकल कलेज, रोटेरेक्ट क्लब अफ काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेज, रोटेरेक्ट क्लब अफ काठमाडौं मेडिकल कलेज, रोटेरेक्ट क्लब अफ विराटनगर फ्युजन (सामुदायिक क्लब) (बिराट मेडिकल कलेज), आवर अटेम्प्ट टुवार्ड्स हेल्थ नेसनल मेडिकल कलेज, एनजीएमसी होप्स नेपालगञ्ज मेडिकल कलेज, रोटेरेक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेज, प्रवाह कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ हस्पिटल र सडकमा स्वास्थ्यको संयुक्त पहलमा अभियान शुरु भएको हो।